Top Online Shopping E-commerce Site Lists of Nepal नेपालका प्रमुख अनलाईन सपिङ्ग साईटहरु

सम्पूर्ण विश्वमा जसरी अन्लाईन सपिङ्ग को प्रचलन बढ्दै गएको छ त्यसरी नै नेपालमा पनि अन्लाईन सपिङ्ग को प्रचलन बढ्दै गएको छ ।नेपालका शहर प्रमुख ठुला शहर हरुमा त आजकल धेरै प्र्तिशत नै अन्लाईन सपिङ्गले कब्जा गरी सकेको छ । त्यस्तै ठुला अन्लाईन सपिङ्ग कम्पनी हरुले त आफ्नो सेवा गाउ गाउ सम्म नै पुर्याउने लक्ष लिएर काम हरु गरिरहेका छन । कुनै पनि चाहिएको सामान खोज्न तपाईंले शारिरिक मेहेनत तथा कुनै खर्च गर्न नपर्ने, खोजेको सामानमा पनि धेरै भेराईटी घरै बसेर रोज्न सकिने, देश बिदेश बाट पनि सामान मगाउन सकिने तथा सामान मन नपरेमा कुनै खर्च नगरी सामान फिर्ता गर्न सकिने जस्ता सुबिधा भएकाले अन्लाईन सपिङ्ग गर्न थालेको वा मन परायको धेरै अन्लाईन सपिङ्गका ग्राहक हरुले बतायका छन ।
No,Rank,SEO Title,Url,Root Domain,Est. Visits,Social Shares,Domain Authority 1,1,"Top 5 Online Shopping Sites in Nepal - NepaliTelecom","http://www.nepalitelecom.com/2018/03/top-5-online-shopping-sites-in-nepal.html","nepalitelecom.com",0,2,30 2,2,"Top 10 Online Shopping Sites in Nepal [2018 Updated]","http://www.revealnepal.com/top-10-online-shopping-sites-in-nepal/","revealnepal.com",0,19,30 3,3,"Top Ten Online Shopping Sites in Nepal - ICT Frame","http://ictframe.com/top-10-online-shopping-sites-in-nepal/","ictframe.com",0,0,40 4,4,"Ten Best Online Shopping Sites in Nepal | 2019 Updated","http://www.nepalfacts.com/best-online-shopping-sites-nepal/","nepalfacts.com",0,0,1 5,5,"Top 5 Online Shopping Sites in Nepal - OMG Nepal","http://omgnepal.com/top-5-online-shopping-sites-in-nepal/","omgnepal.com",0,3,20 6,6,"Sastodeal - Where the best deals hang out!!! | Best Deals in Nepal | Shopping Nepal | Gift Deals","http://www.sastodeal.com/","sastodeal.com",0,119770,41 7,7,"List of 100+ Best Online Shopping (E-Commerce) Sites in Nepal","http://www.reviewsxp.com/blog/best-online-shopping-sites-in-nepal/","reviewsxp.com",0,0,44 8,8,"Top 5 Online Shopping Sites In Nepal | Gadgets In Nepal","http://www.gadgetsinnepal.com.np/online-shopping-sites-nepal/","gadgetsinnepal.com.np",0,1,1 9,9,"Top 10 Ecommerce Websites In Nepal | Web Design Nepal ...","http://www.themenepal.com/blog/top-10-e-commerce-websites-nepal","themenepal.com",0,0,31 10,10,"Online Shopping in Nepal: Buy Clothes, Electronics & Mobiles - Daraz.com.np","http://www.daraz.com.np/","daraz.com.np",0,500093,48
No,Keyword,Search Volume,CPC,Paid Difficulty,Search Difficulty 1,"best online shopping websites in nepal",10,"$0",43,18 2,"best online shopping in nepal",10,"$0",33,15 3,"top 5 online shopping sites in nepal",10,"$0","00",5 4,"top online shopping in nepal",10,"$0","00",5 5,"top 10 online shopping sites in nepal",10,"$0","00",5 6,"best online shopping sites in nepal",10,"$0","00",5 7,"top online shopping sites in nepal",10,"$0","00",5 8,"top 20 online shopping sites in nepal",0,"$0","00","00" 9,"top ten online shopping sites in nepal",0,"$0","00","00" 10,"top online shopping sites in nepa",0,"$0","00","00" 11,"top online store in nepal",0,"$0","00","00"

त्यती मात्र नभै गुणस्तरिय सामान रोज्न वा अगुणस्तरिय सामान पहिचान गरी फिर्ता गर्न समेत सुबिधा रहेकोले अन्लाईन सपिङ्ग धेरै प्रचलनमा आउन थालेको हो । हुनत नयाँ ग्राहक तथा मुल्य प्राथमिकता राख्ने हरुलाई सबै भन्दा कम मुल्यमा सामान उपलब्ध गराउने नाम मा फेसबुक मा पेज बनाई अनलाईन साईट भनी नक्कली सामान भिडाएर पैसा लिएर फरार हुने हरु पनि यो क्षेत्रमा नभएका होईनन तर  शिक्षित बर्ग र अनुभबी बर्गका ग्राहकहरु अहिले पनि ढुक्क भएर अन्लाईन सपिङ्ग  गरिरहेका छन । जस्लाई गुणस्तरिय ईकमर्स साईट थाहा छ र साधारण ज्ञान आफुले खोजेको सामानको छ त्यसलाई अन्लाईन सपिङ्ग मा कहिले पनि पछुताउनु पर्दैन । 

त्यसैले आउनुहोस नेपालका केहि प्रमुख अनलाईन सपिङ ईकमर्स साईट हरुको बारेमा केहि जानकारी लिऔ ।तलको नम्बर र क्रम मा कुनै खास बैज्ञानिकता नअपनाईएको हुनाले त्यसको बरियतक्रम सङ्ग कुनै लेनदेन नभएको कुरा यहाँ हरुलाई प्रस्ट्याउन चाहान्छु ।त्यस्तै तपाईको बिचारमा अरु पनि  अनलाईन साईट हरुको नाम आएमा वा राम्रो लागेमा तलको कमेन्टमा लेख्न सक्नुहुनेछ । 
online site list of nepal

१, Daraz.com.np
दराज नेपाल अलिबाबा ग्रुपको कम्पनी हो जस्ले एउटै ईकमर्स साईट मुनी धेरै थरिका उत्पादन हरुलाई समेटेको छ । नेपालका ठुला साना देखी चाईना मेनल्याण्डका ब्यापारी समेत जोडिएको दराज नेपाल को ग्राहक हरु पहाड तराई देखी गाउ शहर सम्म फैलिएका छन ।ब्याबस्थित साईट , ब्याबस्थित सिपिङ सिस्टम, सामान मा भेराईटि, मुल्यमा कम्पिटिसन्, पेमेन्ट सिस्टम मा बिबिधता तथा सही समयमा सही सामान दिने ग्यारेन्टिनै भएकोले यो साईट्को बिश्वासनियता बढ्दो छ । त्यसैले तपाई पुर्ब ईलाममा बसेर मेनल्याण्ड चाईनाको सामान देखी पश्चिम कर्णालिको अर्गानिक बस्तु मगाउन सक्नु हुन्छ त्यो पनि केहि दिनमै । त्यस्को लागी तपाईले यो साईट्मा आफ्नो एकाउन्ट फ्री मा बनाएर धमाधम सपिङ्ग गर्न सक्नु हुन्छ । क्रेडिट कार्ड , ब्याङ्क एकाउण्ट को कुनै चिन्तानै लिनु पर्दैन किनकी सामान पायपछी नै तपाईले नगद पैसा तिर्दा पनि कुनै एक्स्ट्रा चार्ज लाग्दैन । 

food delivery online in kathmandu
   

२, foodmandu.com
फुडमाण्डु चाही काठमाण्डौबासिलाई मात्र सेवा दिने तर नेपालकै सबै भन्दा ठुलो र धेरै रेस्टुरेन्ट हरु जोडिएको, तुरुन्तै तपाईलाई कुनै पनि रेस्टुरेन्टको खाना उपलब्ध गराउने अनलाईन डेलिभरी साईट हो । खासमा यो साईटले दशौ बर्ष देखी सेवा उपलब्ध गराउदै आए पनि यो साईटको कन्सेप्ट नेपालको परिपेक्षमा अत्यान्तै नौलो  र युनिक छ । किनकी यो साईट मार्फत कुनै पनि रेस्टुरेन्टको मेनु घरैमा बसेर हेरी कुन खाना तपाईलाई मन परेको छ तपाई अर्डर गर्न सक्नु हुन्छ ।त्यसपछी तपाईको खाना आधा घन्टामै तपाईकै घरमा आई पुग्छ त्यो पनि तातो तातो । यो साईट्मा धेरै रेस्टुरेन्टहरु जोडिएका हुनाले तपाईले हैदराबादी दम बिरयानी देखी धाराने बाङ्गुरको सेकुवा, टिपिकल नेवारी खाना देखी के एफ सि, बर्गर पिज्जा सम्म अर्डर गरेर तुरुन्तै खान सक्नु हुने छ । 

online shopping of nepal

३, sastodeal.com/
सस्तोडिल पनि कारीब ९-१० बर्ष बाट आफ्नो सेवामा लाग्दै आईरहेको एउटा पुरानो अनलाईन सपिङ साईट हो । प्रथम त यो साईटले पनि कारीब कारीब देशै भरी आफ्नो सुबिधा पुर्याउने लक्ष लिएर काम गरी रहेको छ ।यो साईटमा पनि धेरै उत्पादन हरुलाई समेटन खोजिएको छ । घरायसी सामान, लत्ता कपडा, किताब्, फेसनका सामन तथा डिजिटल वर्किङ्ग मेसिन हरुमा बिशेस जोड दिएको यो साईट्मा पनि मासिक ग्राहक हरु लाखौको सङ्ख्यामा किनमेल गर्न यो साईटमा पसेका हुन्छन ।बिभिन्न अफर तथा भिभिन्न प्याकेजमा फ्री डेलिभरी दिने हुनाले पनि यो साइट बाट किनमेल गर्नेको घुईचोनै हुन्छ । 


online daru shopping price in nepal

यो हिमालयन मिट चाही उपत्याकाबासिलाई मात्रै सेवा दिने त्यो पनि बिशेस गरेर मासुका बिभिन्न भेराईटि, सि फुड, तकारी , मसला, सफ्ट ड्रीङ्क र स्ट्यान्डर्ड अल्कोहोलिक ड्रीङ्क मात्रै डेलिभरी दिने एक विश्वासिलो अनलाईन सपिङ्ग साईट हो । स्पेसिफिक अर्थात धेरै प्रोडक्ट नभएको साधरण डिजाईन भएको तथा सामान खोज्न देखी अर्डर गर्न सम्म लाग्ने सबै झन्झट लाई हटाएर सिधै सामान अर्डर गर्न मिल्ने तथा पेमेन्ट को लागी पनि सबै पेमेन्ट हटाएर क्यास अन डेलिभरी राखिएको यो साईटले आफ्नो ग्राहक लाई अर्डर गरेको आधा घण्टामै सामान तपाईको घरमा पुर्याउने बाचा गरेको छ । काठमाण्डौ का ठुला सफा मिट मार्ट सङ्ग समन्वय गरेको यो साईटले रोडको छेउमा  अब्यबस्थित तरिकाले मासु बेच्ने हरुको भन्दा सस्तो मुल्यमा फ्री डेलिभरिको साथमा ईन्टरनेसनल क्वालिटिको मासु त्यो पनि गिनेचुनेको मिट मार्ट बाट मात्रै  तपाई लाई उपलब्ध गराउछ । 
online shopping site list of nepal

५, Thulo.com
यो ठुलो डट कम ले तपाईलाई दैनिक चाहिने किराना सामान देखी लिएर पकाउने भाडाकुडा फ्रोजोन फुड्,सरसफाईको सामान, स्न्याकस, डेरी मिल्क, पेट फुड, बेबी फुड सम्म उपलब्ध गरउछ । सिपिङ्ग को बिभिन्न क्याटागोरी मध्य काठमाण्डौमा चाही तीन दिन भित्र सामान पुर्याई सक्ने र उपत्याका बाहिरा चाही १ हप्ता भित्र सामान पुर्याउने ग्यारेन्टी लिएको यो साईट पनि उपत्याकामा प्रख्यात नै छ ।धेरै भेराईटिका सामान्, ओरिजिनल र ब्रान्डेड सामान मात्रै उपलब्ध गराउने यो साईटमा खाली सिजिटल पेमेन्ट मात्र लिईने हुँदा  जस्लाई अनलाईन पेमेन्टको सुबिधा उपायोग गर्न पाउनु भएको छैन उहाहरुले यो साईट प्रयोग गर्न सक्नु हुने छैन ।

No comments:

Post a Comment