बिदेसियका ब्यक्तिहरुले बुझेका छन आफ्नै देशमा फर्कन पाउनुको खास खुसी । अझ आफ्नै देशमा केही ब्याबसाय गर्न पाउनु वा आत्मनिर्भर हुने कुनै काम सुरु गर्न पाउनु त भाग्यको कुरा नै भयो । त्यसैले हजारौ नेपालिहरु बिदेशबाट नेपाल छिर्दा यही सोच्छन कि नेपालमा गएर केही आफ्नै ब्याबसाय सुरु गर्ने । तर धेरैले के ब्याबसाय गर्दा उपयुक्त होला भन्ने कुरामा त्यती ज्ञान नभयकोले सजिला काम र बजारमा हल्ला चलेका काम सुरु गर्छन । त्यसतै करिब २९ प्रतिशत बिदेश बाट फर्कियका नेपाली हरुले गर्ने काम वा ब्याबसाय भनेको ब्रोईलर कुखुरा पालन हो । आफुले न बजारको चिन्ता गर्नुपर्ने न दाना बनाउने झन्झट उठाउनु पर्ने खाली कुखुरा पाल्यो र समाचारमा देखेको सुनेको जस्तो छ महिनामै लाखौ कमायो, भन्ने मानसिकता लिएर ब्रोईलर कुखुरा पालन ब्याबसयमा पसेका ब्याक्तिहरु ९९ ।९ प्रतिशत करिब छ महिना देखी एक बर्ष भित्र यो ब्याबसाय बाट फर्की सकेका हुन्छन जस मध्य २५ प्रतिशत फेरी बिदेशै जान बाध्य भए भने ५ प्रतिशत घरबार बिहिन भए, केही प्रतिशत ले मानसिक पिडा बोके भने बाकिले अन्य ब्याबासाय मा प्रबेश गरे । २०६५ साल देखिको डाटा अनुसार ब्रोईलर कुखुरा पालन ब्याबसाय वा पेशा मा लाग्ने नया ब्याक्तिहरु मध्य १ प्रतिशत ब्याबसायिले पनि १ बर्ष भन्दा धेरै यो ब्रोईलर कुखुरा पालन ब्याबसायमा टिक्न सकेनन ।
त्यसैले यदी तपाई पनि नेपालमै केही पेशा ब्याबसाय गर्ने वा उधमी बन्ने सोच्दै हुन्हुन्छ भने ब्रोईलर कुखुरा पालन ब्याबसायलाई प्राथमिकतामा राख्नु भएको छ भने कृपया यो क्षेत्रमा २०६० साल बाट चल्दै आएको ब्रहम लुट , लाखौ घरबार बिहिन भएका ब्याक्तिहरुका पिडाहरु, पागल भएका आत्महत्या गरेका किसानका तितो यथार्थहरु र यो पेशा बाट उम्केर अन्य पेशामा लागेका ब्याबसायिहरुको कथाहरु पहिला तपाईले थाहा पाउन जरुरी छ । दुईपैसे अनलाईन खबर र घटिया युट्युबरको भ्रम मा नपरी ब्रोईलर कुखुरा पालेर सम्पुर्ण समस्या भोगेका किसानले लेखेको अथार्थ लाई पढेर यो ब्याबसाय सरु गर्नु हुन सम्पुर्ण नया उधमी हरुलाई अनुरोध गर्दछु ।
यसर्थ यो पेशा हुने गरेका एक एक कार्यहरुलाई तल दिएको बुदा हरुमा बयान गरियको छ । त्यो बुदामा क्लिक गरेर त्यसको पुरा जानकारी लिय पछी मात्रै यो ब्याबसाय थाल्न सबै महानुभब हरुलाई अनुरोध गर्द्छु । कृपया तलाको लिङ्कहरुमा थिची पुरै कुराको जानकारी लिउ ।
I really like your take on the issue. I now have a clear idea on what this matter is all about.. turbo convection oven
ReplyDelete